बुटवल, बैशाख २५ गते –
आज थपिएका दुई कोरोना संक्रमित पुरुष १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ ।
बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि कपिलवस्तुको नाकाबाट लुकेर नेेेपाल आएका थिए ।
खबर थाहा पाए लगत्तै स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए ।
संक्रमीत दुवौलाई भोलि बनै बुटवलको रामनगरस्थित धागो कारखानामा र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ ।
अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।