काठमाडौ,बैशाख २५ –
बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको छ।
अहिले उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस अघि बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: