साइप्रसमा चक्कु प्रहार गरि एक नेपाली युवकको हत्या

0
253

साइप्रस ,बैशाख २५-

साइप्रसमा  एक नेपाली युवकको हत्या भएको छ ।चितवनको रत्ननगर-१२ स्थित बिबेक अम्गाईलाई युबकलाइ सङगै बस्दै आएका साथीले चक्कु प्रहार गरि हत्या गरेका छन ।

मंगलबार राती करिब १२ बजे सङगै बस्ने साथीले चक्कु प्रहार गरेका हुन ।

अम्गाइ अध्ययनको लागि साइप्रस गएको करिब २ बर्ष भएको थियो । उनको हत्या किन गरियो भन्ने बारे अहिलेसम्म कुनै कारण खुलेको छैन । साइप्रस हेर्ने इजरायलका दूतावासस्थित सहचारी प्रदीप सागर गिरिले हत्याको विषयमा मृतककका साथीहरु बाट जानकारी प्राप्त भएको तर पुलिसबाट आधिकारिक जानकारी आउन बाकी रहेको बताए ।

विश्वभर महामारीको रुपमा रहेको कोभिड-१९ को रोकथामको लागि गरिएको लकडाउनको विषम परिस्थितिमा के गर्ने भन्ने बारे मृतकको परिवारमा अन्यौलता छाएको छ। खबर थाहा पए लगत्तै उनको परिवारमा रुवावासि छाएको छ ।

यति बेला पुरै गाउँ शोकाकुल अवस्थामा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here