काठमाडौं, वैशाख २४–
ब्यापारी दिपक मल्होत्राले आज एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ केन्द्रलाई ७००० थान मास्क हस्तान्तरण गरेका छन् ।
तिलगंगामा रहेको महासंघ कार्यालय पुगेर मल्होत्राले पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई मास्क हस्तान्तरण गरेका हुन् । आफ्नै कम्पनीले उत्पादन गरेको मास्क अग्रपंक्तिमा खटिने पत्रकारकोलागि महत्वपूर्ण हुने भन्दै सहयोग गरेको मल्होत्राले बताए ।
मास्क हस्तान्तरण गरेकोमा मल्होत्रालाई पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
सो मास्क अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।
प्रकाशित मिति: