सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा बैशाख २५ गते साँझ घरघरमा दीपावली गर्न सरकारको आह्वान

0
137

काठमाडौंँ,बैशाख २३-

वैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न  सरकारले आह्वान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।

बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो,’ मन्त्री भट्टराईले भने।

यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here