मोरङमा एक करोड नौ लाख भारूसहित दुई भारतीय पक्राउ

0
129

मोरङ,बैशाख २३-

मोरङमा सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई एक करोड नौ लाख भारू सहित पक्राउ गरेको छ।

मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्रले चेक गरेको थियो।

सो ट्रकबाट अवैध एक करोड नौ लाख ७९ हजार ५ सय ३० भारू फेला परेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए।

भारतबाट आएको ट्रक चेक गर्दा एक करोड नौं लाख रकम फेला परेको थियो,’ उनले भने, ‘अहिले आवश्यक अनुसन्धान गरी भन्सारमा बुझाउने कार्य भइरहेको छ।’

पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेका छन्। तिनीहरूले विराटनगरमा सामान लोड गरेर सिलुगुडी लग्न लागेको डिआइजी श्रेष्ठले बताए।

सामान लोड गरेर सिलगुडी लग्न लागेको भनेका छन्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here