लक डाउनको समय अवधी लम्ब्याउने सरकारको तयारी/मन्त्रीपरिषदले भोलि निर्णय गर्ने

0
123

 

काठमाडौ,बैशाख २३-

उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्नुपर्ने निश्कर्ष निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निश्कर्ष निकालेको हो।

‘अहिले पनि अवस्था जोखिमपूर्ण छ। त्यसैले तत्कालै लकडाउन खोल्ने अवस्था छैन’ एक मन्त्रीले भने, ‘लकडाउनको मोडालिटी के गर्ने भन्नेमा समेत अझै भन्न सकिने अवस्था छैन।’

बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने उनले बताए। लकडाउन बढाउनपर्ने निश्चित देखिए पनि यसको मोडालिटी र समयबारे भने बुधबारको बैठकले मात्रै टुंगो लगाउने ती मन्त्रीको भनाई छ।

मन्त्रिपरिषदको बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय पर्सि सकिँदैछ।

यसअघि भारतले मे १७ अर्थात आगामी जेठ ४ गतेसम्मका लागि लकडाउन थपेकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here