नेपालगञ्जमा भोली देखी लगातार तीन दिन सम्म कर्फ्यू

0
111

नेपालगञ्ज, वैशाख २२–

कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि बाँकेको नेपालगन्जमा भोलि(मंगलबार)देखि तीन दिनसम्म कर्फ्यु लगाउने निर्णय भएको छ ।लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले कर्फ्यू लगाएको हो ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र मंगलबार बिहान ११ बजेदेखि बसेको सर्वपक्षीय बैठकले वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यराति सम्मका लागी कर्फ्यू घोषणा भएको हो ।

गत वैशाख १९ गते नेपालगञ्जस्थित अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा  कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका थप १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो ।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here