डिस इन्फेक्सन स्प्रे मानिसका लागी हानिकारक,छर्कन बन्द गरौँ : स्वास्थ्य मन्त्रालय

0
131

काठमाडौँ, बैशाख २२-

मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताए ।देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने हुनाले यस किसिमको कार्य बन्द गर्न सुझाव समेत दिएका थिए ।  उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने बताए । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्‍ने बताए ।

सोमबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले किटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुइँ, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतह मात्रै निःसंक्रमण हुने जानकारी दिए ।उनले भाइरसबाट बँच्‍न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here