लक डाउनलाई अझ प्रभावकारी बनाउने भन्दै चितवन प्रशासनले गर्यो सवारी चलाउने माथी थप कडाई

0
166

चितवन,बैशाख २२-

विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस रोकथामको लागि जारी गरिएको लक डाउनको समयमा सवारी चलाउनेहरुको लागि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि थप कडाई गरेको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनमा अनावश्यक रुपमा सवारी लिएर बाहिर निस्किएका गुनासा आउन थालेपछि प्रशासनले चोकचोकमा प्रहरी खटाएर सोधपुछलाई तीव्र पारेको हो।

साथै, एउटा जिल्लाबाट अर्को जिल्ला जानको लागि सवारी पास जारी नहुने पनि सोमबार सूचना जारी गरेर आमसर्वसाधारण समक्ष जानकारी गराइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here