काठमाडौ,बैशाख २२-
कोरोनाको संक्रमण लगातार देखिएपछी कर्णाली प्रदेश सरकारले एक हप्ताको लागि सिंगो प्रदेश नै सिल गर्ने भएको छ।
सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
सो प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने बैठकले निर्णय गरेको छ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार नाकाहरू पूर्ण रूपमा सिल गरी अत्यावश्यक औषधि र एम्बुलेन्सबाहेक अन्य कुराको आयात–निर्यातलाई समेत बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: