नारायणगढ–मुग्लिन सडक खण्डको जलबिरेमा पहिरो झर्यो,दुई तर्फी आवागमन ठप्प

0
211

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिर आज(सोमबार) बिहान साढे १० बजेतिर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ। पहिरो सँगै बिच सडकमा एउटा ठुलो रुख समेत ढालेको छ । लकडाउनका कारण सडकमा सवारीको चाप कम भएपनि खाद्यान्न ढुवानी गर्न राजधानी आवतजावत गरिरहेका सवारीहरु पहिरोका कारण बिच बाटोमै अलपत्र परेेेका छ्न ।प्रहरीका अनुसार पहिरो पन्छाउने काम शुरु भईसकेको छ । ठुलो पहिरो गएकाले सडक दुईतर्फी संचालनमा ल्याउन  १, २ घंटा लाग्न सक्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड स्तरोन्नती गरिएपनि पहिरो नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा वर्षायाम शुरु भएसंगै पहिरोको जोखिम बढ्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here