रत्ननगरमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानिय आतंकित

0
239

चितवन ,बैशाख २२-
चितवनको सडकमा वेवारिसे पैसा फेला परेको छ ।

पूूूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा भेटिएको हो ।

एक अज्ञात व्यक्तिले उक्त रकम सडकमा फालेर भागेको स्थानियले बताएका छन् ।

पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानियले बताए । सडकमा पाँच सय , पचाँस ,बिस र दश रुपैयाँको नोट फालिएको छ ।

प्रहरीले पाँच सयको एउटा , पचाँसको तिनवटा , बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ ।

अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानिय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here