चितवनमा ट्रकले ठक्कर दिदा एक मोटरसाइकल चालकको मृत्यु

0
183

चितवन ,बैशाख-२१-
ट्रकको ठक्कर बाट चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वी चितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी ८ निवासी ६३ बर्षिय कुलानन्द भण्डारीको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रकले बाटो काट्ने लागेको मोटरसाइकललाई बेलुका ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

अहिले ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here