केही मुक्तकहरु

0
278

रत्ना खनाल पौडेल,भरतपुर,हाल कोपन्हेगन ( डेनमार्क)

घरै बस नत्र मुठ्ठि सास पाउने छैनौ ।
मरिन्छ कि बाचिन्छ केही आस पाउने छैनौ ।।
जति सकिन्छ तेती नलाग्दै ख्याल गर ।
मरे पछि त मुख हेर्न नि लास पाउने छैनौ ।।

मिठो मिठो थरि थरि खाएका छैनन् ।
परिवार संगै बसी रमाउन पाएका छैनन् ।।
तिमि घर बस्न पाउदा नि झ्याउ लाग्यो भन्छौ ।
कोहि भने लास हेर्दा हेर्दा निदाएका छैनन् ।।

मानवले भन्दा महानता कोरोनाले देखायो ।
गाउँ शहर सबै शान्त कोरोनाले देखायो ।।
सबैले सिक्नै पर्ने एउटा पाठ सिकाउदै छ यसले ।
गरिब र धनि बीच को समानता कोरोनले देखायो।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here