कोरोना भाईरस सँग सम्बन्धित केही मुक्तकहरु

0
327

कृष्ण प्रसाद पौडेल,भरतपुर,हाल कोपन्हेगन ( डेनमार्क)

कोरोनाले विश्वलाइ नै ढाल्ला जस्तो छ ।
ठुला शक्ति राष्ट्रलाइ नि गाल्ला जस्तो छ ।।
आज सम्मका बैज्ञानिक आबिस्कार नि फेल खाएको देख्दा ।
प्रकृतिले आफ्नै नियम चाल्ला जस्तो छ ।।

सामाजिक दुरी राख्दै उठ्ने बेला हो यो ।
संसारभर का सबै मानब जुट्ने बेला हो यो ।।
भन्दै कराइ रहदा अरु देशका प्रमुखहरु ।
हाम्रालाइ त भ्रस्ट्राचार गरि लुट्ने बेला हो यो ।।

जुट्नु पर्ने बेला पनि फुटेको नै देख्छु ।
सरकार आफ्नै जनता लाइ लुटेको नै देख्छु ।।
हुने खानेलाइ त कसले छुन सक्छ र यहाँ ।
हुंँदा खानेलाइ भने भोकले पनि चुटेको नै देख्छु ।।

आँखा नाक र मुखमा हात लाने नगरौंँ ।
लक् डाउन छ बाहिर भिडमा जाने नगरौंँ ।।
रोग संग लड्ने क्षमता बढाउनु छ भन्दैमा ।
जे पायो तेही हात नधोई खाने नगरौंँ ।।

कोरोना थियो ध्यान नदिदा कहर बन्यो आज ।
मानव जाति सिध्याउने जहर बन्यो आज ।।
आधुनिक युग असम्भब के नै छ र लाग्थ्यो ।
प्रियजन भेट्न पनि रहर बन्यो आज ।।

निस्वार्थ भै अस्पतालमा खट्नेहरुल़ाई सलाम ।
भोको पेट सुरक्ष्या मा डटनेहरुल़ाई सलाम ।।
भएका ति कमि-कमजोरी लाइ खबरदारी गर्दै ।
जनता सामु सहि सुचना रट्नेहरुल़ाई सलाम ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here