आमिर खानको राहत बाड्ने गज्जवको आईडिया

१ किलो आँटाको प्याकेट भित्र १५ हजार भारु

0
80
एजेन्सी ।
भारतिय चर्चित अभिनेता अमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ ।

खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l

धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् l

तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए l

घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको रहेछ!

पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला!

बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला ।

यस तरिकाले जो जस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए!

वास्तविक पिढितहरु मात्र यस कार्यबाट लाभान्वित भएको बताईएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here