प्रधानमन्त्री निवास बालुवाटारमा आज(शनिवार)साँझ बसेको नेकपाको सचिवालय बैठकले स्थायी समिति बैठक निस्ने र्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको श्रेष्ठले बताए।
बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना समेत गरेका थिए।
आजको बैठकले उपयुक्त समय निकालेर उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ।

प्रवक्ता श्रेष्ठले वैशाख २४ गते सचिवालय बैठक बस्ने पनि बताए।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
गत बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली कोरोनाभाइरसको महामारी सकिएर अवस्था सामान्य बनेपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। 