रत्ननगर,बैशाख २०-
पुर्वी चितवनमा अवस्थित रत्ननगरमा रहेको पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक महिनाको खानेपानी महसुल छूट दिने घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको पूर्ण बैठकले चैत महिनाको महसुल छूट दिने निर्णय गरेको हो ।लकडाउनका कारण उपभोक्ताहरू समस्यामा परेका भन्दै उपभोक्तालाई राहत स्वरुप छुट दिएको बताईएको छ ।
१० हजार लिटर खानेपानी प्रयोग गरेबापत तिर्नुपर्ने न्यूनतम महसुल छूट गर्ने निर्णय भएको अध्यक्ष आशिक तामाङले बताएका छन ।
संस्थाले फागुन, चैत र वैशाख महिनाको शुल्क तिर्न ढिलाइ गरेका उपभोक्तासँग जरिवानासमेत नलिने अध्यक्ष तामाङले बताए ।
लकडाउनका कारण घरघरमा पुगेर मिटर रिडिङ गर्ने अवस्था नरहेकाले सो संस्थाले अघिल्ला तीन महिनाको खपत युनिटलाई आधार मानेर महसुल असुल गर्ने भएको छ ।रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का जनतालाई खानेपानी वितरण गर्दै आएको यस संस्थाको ३ हजार ४६० उपभोक्ता रहेका छन् ।