ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी,आगो नियन्त्रण बाहिर

0
816
काठमाडौं,बैशाख २० –
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ ।
शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी,आगो नियन्त्रण बाहिर 1
बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ भने दक्षिणीतर्फ राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुङ्गानाको दुध डेरी आंँशिक रुपमा भत्काई आगो नियन्त्रमा लिने प्रयास गरिएको छ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी,आगो नियन्त्रण बाहिर 2आगो नियन्त्रण भन्दा बाहिर भए पनि फुङलिङ नगरपालिकाको दमकलले नियन्त्रमा लिने प्रयास जारी राखेको छ।

मानवीय क्षति भए नभएको पहिचान भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्