प्रधानमन्त्री के.पि शर्मा ओलिले कोरे कविता:अब आँसु खसाउनु पर्दैन

0
208

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली,१९ बैशाख

अब आँसु खसाउनु पर्दैन

०००००००००००००००००

अब अाँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्याे नेपाल अब बढ्याे अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हाे याे गणतन्त्र
सार्वभौम जनताकाे जनतन्त्र
अब अाँसु खसाउनु पर्दैन । ०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची-काली पहाड-तराई
निर्भय वातावरण सुरक्षित नारी
अब अाधुनिकतामा बढ्याे नेपाल
गणतन्त्र हाे याे गणतन्त्र
सार्वभौम जनताकाे जनतन्त्र
अब अाँसु खसाउनु पर्दैन ।
०००
फाटाेका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
काेही टुहुरा पर्दैनन्
गणतन्त्र हाे याे गणतन्त्र
शक्तिका स्राेत जनताकाे
जनतन्त्र हाे याे जनतन्त्र
अब अाँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

– मे १, २०२०
बिहान २:३० बजे

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here