चीनबाट सेनाले मंगलबार ३६ टन स्वास्थ्य सामग्री ल्याउने

0
84

काठमाडौं, बैशाख १९-

नेपाली सेनाले नेपाल एयरलाइन्सको वाइडबढी जहाजमार्फत करिव ३६ टन स्वास्थ्य सामग्री ढुवानीको तयारी भएको जनाएको छ ।

चीनबाट सेनाले ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ । तत्काल दुई वटा फ्लाइट मार्फत सेनाले सामग्री ढुवानी गर्न लागेको हो ।

चीनले गोन्जाओमा सबै स्वास्थ्य सामग्री उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार चीनले स्वास्थ्य सामग्री तयार गरेको भए पनि सोमबारसम्म त्यहाँ निरन्तर बिदा भएकाले सामग्री ढुवानीमा केही दिन ढिला भएको हो ।

अवस्था सामान्य रही रहे बाँकी स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने सेनाको तयारी छ । चीनबाट २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ल्याउन लागिएको हो । १० दिन पहिले नै सेनाले राष्ट्र बैंकमार्फत उक्त रकम भुक्तानी गरेको छ ।

चिनीयाँ सरकारी कम्पनी सिनो मार्फबाट सेनाले जीटूजी प्रक्रियाबाट सामग्री ल्याउने सम्झौता भएको थियो।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउने भएको छ ।

सरकारले चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here