चिनियाँ राजदूत यान्छी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू बीच छुट्टाछुट्टै भेटवार्ता

0
176

काठमाडौं ,१९ वैशाख-

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ।

शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भएको यान्छी र प्रचण्ड बीचको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले बताएको छ।

भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका स्रोतले बतायो।

प्रचण्ड र राजदूतबीच झण्डै एक घन्टाको कुराकानीमा राजदूत यान्छीले नेपाललाई गर्ने सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाएकी थिइन।

यसअघि प्रचण्डले कोरोनाभाइरस रोकथामका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पत्र पठाएका थिए।

प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् ।

नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here