आफू महान बन्ने निहुँमा अरुको भावनामा कहिल्यै ठेस नपुर्याउनु,जन्मदिनमा तिमीलाई आमाको शुभकामना

1
970

सामना ढकाल,भरतपुर –

तिमिले पहिलो पल्ट आफ्नो मुख खोलेर रोयको र त्यही रोदनमा कुनै एउटा आमा असम्य पिढालाई बिर्सेर सकि नसकी अगाडीका चार दाँत देखाएर हाँसेको दिन हो,आजको दिन ।मेरा मनका भावलाई पुष्प गुच्छा रुपि शब्दमा सजाउदैमा अपुग होला,यो मायालाई यहि शब्दमा मात्र कहिले नतौलिनु। ति कोमल पाउहरु कहि कतै नलरखराउन, मन्द मन्द मुस्कानले सजीयको ओठबाट सानदार वाणीहरु निस्किरहोस। ममी बाबा अनि सम्पुर्ण परिवारकि प्यारि तिमीलाई दुःख कष्ट कहिले नअाअाेस् ,तिमि निरोगी बन्नु।असल कुराहरुको पिछा गर्न पछि नहट्नु तिम्रा दुई नयनहरुले खरावहरुको झाङ बाट पनि राम्रा कुराहरु छानेर लिनसकोस।आँखाभरी सपनाको भेलवाडी आओस् ,सपना पूरा गर्न मन मस्तिष्क अनि तनले भरपुर साथ अनि समर्थन दिओस् । तिमिसङ्ग नजिकियपछी जो कोहिलाइ पनि जिन्दगी राम्रोसङ्ग बुझ्ने प्रेरणा मिलोस् । सबैकी आखाकी नानी बन्नु तिमि। आज कोपिला छौ भोलि फक्रीएको फुल बन्नेछौ,आफ्नो स्वरुपमा आयको चमकले तिम्रो आनिबानी अनि क्रियाकलापमा ब्यबहारिकता थप्दै जाओस् । हरेक असहज परिस्थितिलाई सजिलो सङ्ग समाधान गर्न सक्ने आत्मबल जिबित रहिरहोस।जिन्दगी एक चक्र हाे, जहा सुख अनि दु:ख, हासो अनि रोदन एकनासले आउने गर्छन् र जिन्दगी राम्रोसँग बुझ्नको लागी यी यावत कुराहरु अपरिहार्य पनि छ छोरी तर तिमी कहिले पनि हार नखानु जिन्दगीको यात्रा सधै एकैनासको हुदैन भन्न्रे कुरा पनि बिस्तारै बुझ्नेछौ । समिसृत उतार चढावहरुलाइ सहर्ष स्विकार गर्ने आत्माबल अभिबृद्दि हुदै जावोस्। यात्राको दौडानमा आउने समस्याहरुबाट कहिलै पछि नहट्नु जहाँ समस्या हुन्छ तेहि नै समाधानका बाटाहरु भेटिन्छन् भन्ने कुरा पनि स्मरण बाट कहिले नहटोस। झिना पलहरुबाट पनि खुसी बटुल्दै एक उर्जाशिल यात्रालाई थप उर्जावान बनाउदै जानु तिमी । तर, म तिमिलाइ कहिल्यै सिकाउने छैन छोरी जान बुझमै तिमिलाइ आघात पुर्याउने जोकोहिलाइ पनि सम्मान देउ, माया गर भनेर म तिमिलाइ ज्ञानी हुन सिकाउछु तर सक्दिन सिकाउन त्यो हदसम्म सहेर बस जहाँ तिम्रो स्वयम् आफ्नो अस्तित्व नै तहसनहस हुँदा समेत चुपचाप बस ।नराम्रो कुराको तत्कालै खण्डन गर्न सक्ने क्षमता तिमीमा सदा सदा रहिरहोस् । तिमी त्यस्ती छोरी बन्नु जसले प्रत्येक आमाहरुको आखाबाट खुसीको आँसु झार्न सकोस् । तिमी सुखको भन्दा बढी दुखको सारथि बन्नु । तिमी स्वार्थि कदापी नबन्नु छोरी,आफ्नो लागि सोच्नु तर आफू महान बन्ने निहुँमा अरुको भाबनामा ठेस पुर्याउने काम कदापी नगर्नु। तिम्रा कोमल पाउहरुले सधै शिखरको यात्रा गरिरहोस्। आमाको ममतालाइ नजिकबाट बुझ्ने मौका दियो मलाइ । तिम्रो जन्मले हरेक पल मेरि ममतामही आमा (मेरि जन्मदाता) लाइ  सम्झन बाध्य गराउछ। तिम्रो माथमा यो आमाको आशिर्वाद अनवरत रुपमा बर्सिरहनेछ छ छोरी। तिमी रास्ट्रको गहना बन्नु,सबैकी प्यारी जुन्किरी बन्नु, जसको साहाराले औँशिको अँधेरी रातमा गन्तव्य पत्ता लगाउन सहज होस् जो कोहिलाइ पनि। तिमिलाइ तिम्रो पहिलो जन्मदिनको शुभकामना छोरि।सन्तान भयर जन्म लिईसके पछि सधै बाबू आमा र जन्मस्थल बाट मात्र चिनिनु भन्दा आफ्नो परिचय बाट अभिभावक र जन्मस्थल चिनाउन सक्ने बन्नु ।जन्मिए पछिको सत्य भनेको मृत्यु मात्रै हो त्यसैले यो भौतिक संसार सँग जुधेर आफ्नो जिबनलाई जिबन्त बनाउनु ।हरेक मानिसको एउटा बिशाल सपना हुन्छ त्यसमा तिमि एक हौ।

 

1 COMMENT

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here