बालिका बलात्कारको आरोपमा ५८ बर्षिय बृद्ध पक्राउ

0
216
चितवन,बैशाख १८-
बालिका बलात्कारको आरोपमा एक बृद्ध पक्राउ परेका छन ।
राप्ती नगरपालिका-१ का ५८ वर्षीय रामबहादुर तामाङले स्थानीय १५ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत बैशाख ९ गते बिहान राप्ती खोलाको ड्याममा तरकारि टिप्न जाने क्रममा तामाङले बालिकालाई बलात्कार गरेको स्थानीयले बताएका छन् ।घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।घटना भएको पाँच दिन पछि मात्रै प्रहरीमा निवेदन परेको र सोही दिन तामाङ लाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।१३ गते पक्राउ गरिएको तामाङलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको छ । घटना भएको १० दिनपछि मात्र घटना बाहिर आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here