रत्ननगरमा आकाशेपुलको निर्माण शुरु

0
642

रत्ननगर,बैशाख १८- 

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लामा पर्ने रत्ननगर नगरपालिका स्थित टाँडी चोकमा आकाशेपुल निर्माणको काम शुरु भएको छ।रत्ननगरमा आकाशेपुलको निर्माण शुरु 1२ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाको लगानीमा निर्माण सम्पन्न हुने सो आकाशेपुलको विहीवार मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा शिलान्यास गरेका छन ।गत फागुन महिनामा सम्झौत गरिएको सो आकाशेपुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको हो।रत्ननगरमा आकाशेपुलको निर्माण शुरु 2प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुने इन्जिनियर पंकज गिरीले जानकारी दिए । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशेपुल निर्माण सुरु गरेको हो ।रत्ननगरमा आकाशेपुलको निर्माण शुरु 3नगरपालिकाले आकाशेपुल निर्माण हुने स्थन वरपर विजुलीको तार भूमिगत गर्ने छ । त्यसका लागि ४० लाख रुपैया विनियोजन गरिएको छ ।

आकाशेपुल निर्माणको लागि भरतपुर स्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारेको छ ।

दुबै तर्फबाट आवत जावत गर्न मिल्ने गरी ४० मिटर लम्वाई र साढे ५ मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुनेछ ।

यहाँ नेपालमै पहिलो पटक स्टीलका सामाग्रीहरु प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए ।

आकाशे पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उनले बताए ।

आकाशेपुल निर्माणको लागि २०७६ फागुन २ गते सम्झौता गरिएको र २०७७ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने छ । आकाशेपुल चालु आर्थिक बर्षको महत्वपूर्ण आयोजना भएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना रहेको मेयर नारायण वनले बताए ।

शहरीकरणको विस्तार,सवारी दुर्घटना न्यूनीकरण र नगरलाई विकासको उचाइमा पु¥याउन आकाशेपुल निर्माण सुरु गरिएको मेयर वनले बताए।रत्ननगरमा आकाशेपुलको निर्माण शुरु 4नगरपालिकाले गत बर्ष नै टाँडीचोक,सौराहाचोक र बकुलहर चोकमा आकाशेपुल निर्माण गर्ने योजना बनाएको थियो ।अर्को बर्ष सौराहाचोकमा आकाशेपुल निर्माण सुरु हुनेछ।रत्ननगरमा आकाशेपुलको निर्माण शुरु 2शिलान्यास कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्षहरु तिलकराज शर्मा,शंकरसिह तामाङ,गुप्तनाथ भट्टराई,रविन्द्र चौधरी,विनोद बस्नेत,केशव आचार्य,हरिकुमार श्रेष्ठ,हेमरान थापा,कार्यपालिका सदस्य मीना गिरी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्