एजेन्सी।बलिउडका चर्चित अभिनेता ऋषि कपुरको मृत्यु भएको छ ।
स्वास्थ्य अवस्था बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा उपचाररत उनको ६७ बर्षको उमेरमा निधन भएको हो।
भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो ।
यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।
मेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।
यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।