काठमाडौं,१७ वैशाख –
भारतीय चर्चित अभिनेता इरफान खानको निधन भएको छ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
न्युरोएन्डोक्राइन ट्युमर भएका उनी दुई वर्ष देखि क्यान्सरको उपचार गराईरहेका थिए।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।
सन् १९६६ मा जयपुर राजस्थानमा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा अंग्रेजी मिडियम हो।
गत शनिबार उनकी आमाको निधन भएको थियो।
सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, अंग्रेजी मिडियम जस्ता चर्चित सिनेमाहरु खान द्वारा अभिनित चलचित्रहरु हुन ।
उनले अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमा स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाई जस्ता सर्वाधिक रुचाईएको सिनेमामा काम गरेका थिए।