प्रधानमन्त्री ओलिको प्रस्ताव : कोरोना पछि बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

0
163

काठमाडौंँ,बैशाख १७-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।नेकपामा विवाद चर्किको बेला बुधबार सााझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।उनले कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेकेा उनले बताए ।साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । साथै अर्का अध्यक्ष प्रचण्डले लगाएको सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले बताएको छ।
श्रोत:Online Khabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here