लकडाउन अवधीभर घरमै बसेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

तलब र भत्ता यथावत रहने

0
143

काठमाडौं, वैशाख १५–

सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसरी दिइएको बिदामा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती हुने छैन ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ।

सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन्। यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ।

 

लकडाउन अवधीभर उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here