काठमाडौं, वैशाख १५–
सरकारले भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै जरिबाना गरेको छ।
आज (सोमबार)बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो।
विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ।
लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्री वितरण हुनसक्ने भन्दै विभागले बजार अनुगमन गर्दै आएको छ ।
कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ।