प्रकाश मेडिकलमा बिरामीको मृत्यु ,आफन्त द्वारा मेडिकल घेराउ

0
707
चितवन, वैशाख १५–
चितवनको कालिका नगरपालिका वडा नम्वर-२ मा रहेको प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन ।
प्रकाश मेडिकलमा बिरामीको मृत्यु ,आफन्त द्वारा मेडिकल घेराउ 1
आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो  मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए ।
प्रकाश मेडिकलमा बिरामीको मृत्यु ,आफन्त द्वारा मेडिकल घेराउ 2
पर्सा जिल्लाको ठोरी -५ सुबर्णपुर घर भएका उनिहरु हाल कालिका- १ लंकालाइनमा भाडामा बस्दै आएका थिए ।
मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र  ग्यास्टिककाे सुक्राफिल औसधी दिइ  भरतपुर पठाइएको बताए ।
प्रकाश मेडिकलमा बिरामीको मृत्यु ,आफन्त द्वारा मेडिकल घेराउ 3
मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएकाे प्रहरीले जनाएको छ ।
प्रकाश मेडिकलमा बिरामीको मृत्यु ,आफन्त द्वारा मेडिकल घेराउ 1

तपाइको प्रतिक्रिया दिनुहोस्