राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोनमार्फत कुराकानी

0
128

काठमाडौं, वैशाख १५–

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार साँझ टेलिफोनमार्फत कुराकानी भएको छ।

कुराकानीमा क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस.(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुराकानीमा राष्ट्रपति भण्डारीले चीनले कोरोना महामारी विरूद्धको लडाइँमा चालेको कदमको स्वागत गरिन्। त्यस्तै उनले कोरोनाविरूद्ध चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद पनि दिइन्।

त्यस्तै चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन्।

राष्ट्रपति सी चिनफिङले नेपालले कोरोना विरूद्ध समयमै सजगता अपनाएकोमा खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर नियमित काममा फर्किएकोमा पनि उनले खुसी व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here