काेराेनाका कारणले आइसाेलेसनमा परेकाे स्कुले शिक्षाको अवस्था

1
4448

प्रेमराज रिमाल(प्रधानाध्यापक),डेजी स्कुल,खैरहनी-८, चितवन-

उच्चस्तरीय शिक्षा आयाेग २०७५ काे प्रतिवेदन अनुसार,स्कुल तहमा ७० लाख विद्यार्थी छन् ।करिब १२ प्रतिशत विद्यालयमा कम्प्युटर छ ।करिब १३ प्रतिशत विद्यालयमा इन्टरनेट छ ।करिब ३५ प्रतिशत विद्यालयमा विद्युत सुविधा छ ।

यस्ताे अवस्थामा सरकार र निजी क्षेत्र अनलाइन शिक्षणकाे कुरा गरिरहेकाे छ । हाम्राे देशकाे इन्टरनेट सेवाकाे क्षमता कति हाे मलाई थाहा छैन । कक्षा दश, एघार र बाह्रकाे नतिजा प्रकाशन भयाे भन्ने हल्ला सुनेपछि हाम्राे इन्टरनेटले सामान्य पेज खाेल्न सक्दैन । पठनपाठनका लागि श्रव्यदृश्य सामग्री सार्वजनिक गर्नसक्ने इन्टरनेटकाे क्षमता चाहिने हाेला । सामान्य भिडियाेकल गर्दा मन्त्री भन्छन् मैले तपाईं बाेलेकाे सुनिन । भिडियाेकाे प्रष्टताकाे कुरा गर्दा छाया जस्ताे देखिन्छ । भिडियाे तयार गर्ने र युट्युवमा अपलाेड गरेर सार्वजनिक गरेजस्तै दृश्य सामग्री प्रष्ट हुन यही क्षमताकाे इन्टरनेट प्रदायबाट कति सम्भव हुन्छ ?

शिक्षक बाेलेकाे प्रष्ट सुनिएन भनें लेखेकाे देखिएन भने सिकाइ कति कष्टकर हुने हाेला ? त्यसैले अहिले रमाइलाेकाे लागि वा हामीले गर्याैं नि भन्नका लागि मात्र अनलाइन शिक्षण कति उपलब्धीमुलक हुन्छ ?

के एकै पटक सत्तरीलाखभन्दा बढी मान्छेले इन्टरनेट चलाउँदा हाम्राे सर्वरले धान्छ ? विद्यालयतहमा पढ्ने विद्यार्थी ७० लाख रहेकाे तथ्याङ्क राष्ट्रिय उच्च शिक्षा आयाेगले दिएकाे छ ।

विद्यार्थीकाे उमेर र प्रविधिकाे प्रयाेग :

सानाे उमेरका विद्यार्थीहरूलाई सिकाउने हाम्राे विधि करिबकरिब परम्परागत छ । सिकाइलाई प्रविधियुक्त बनाउनका लागि शिक्षककाे प्रविधिमैत्री याेग्यता छ वा छैन त्याे पनि महत्वपूर्ण विषय हाे । अधिकांश शिक्षकहरू आज पनि कम्प्युटर र इन्टरनेटलाई शिक्षण क्रियाकलापका लागि उपयुक्त किसिमले प्रयाेग गर्ने दक्षता हासिल गरेकाे अवस्थामा हुनुहुन्न त्यसैले अहिले चर्चामा रहेकाे विषय हाम्राे जनशक्ति, प्रविधिकाे उपलब्धता अनि विद्यार्थी र अभिभावककाे आर्थिक हैसियतसँग मिल्दाे देखिँदैन । सानाे उमेरका नानीबाबुहरू कम्प्युटर, ट्याब्लेट वा टेलिभिजनका अगाडि मानव प्रशिक्षककाे अनुपस्थितिमा कसरी सिकाइका लागि स्थिर भएर रहन सक्छन् ?

सानाहरूकाे सिकाइलाई प्रभावकारी बनाउन संवाद त्यसमा पनि सजीव र सशरीर उपस्थित शिक्षक र सहपाठीहरूकाे आवश्यकता हुन्छ । मान्छेले मान्छेबाट प्राप्त गरेकाे ज्ञान र शीपलाई साैन्दर्य प्रदान गर्ने अनि थप सिर्जनात्मक बन्न प्रेरित गर्ने हाे प्रविधिले ।

एउटै घरमा एकभन्दा बढी विद्यार्थी रहेकाे अवस्थामा याे अनलाइन शिक्षण सिकाइ क्रियाकलापमा कसरी जाेडिन सक्छन् ? एउटा ल्यापटप वा उपयाेगी  ट्यावलेटकाे मूल्य कतिजति हाेला ? अनि के याे संसार लकडाउनमा रहेकाे बेलामा लाखाैं कम्प्युटर, ट्याबलेट, राउटर र अन्य आवश्यक प्राविधिक सामग्रीहरूकाे आपुर्ति कति सहज हाेला ? फेरि इण्टरनेट सुविधा लिनका लागि कति पैसा लाग्ला ? खानेकुरा नभएर राहत थाप्न जाने वा अनलाइन पठनपाठनकाे व्यवस्थापनमा लाग्ने ?  हाम्रा विद्यालयहरू, त्यसमा पनि सामुदायिक जहाँ अत्यन्त विपन्न अभिभावकहरू जसकाे आर्थिक जिन्दगी सधैंजसाे लकडाउनमा फसेकाे अर्थतन्त्र जस्ताे छ;  ती अभिभावकका विद्यार्थीका लागि अनलाइन शिक्षणसिकाइ कति सम्भव छ ?

फ्रान्स जस्ताे देशमा धनी र गरीबकाे काेराेना परीक्षणमा पक्षपात भयाे भनेर हिंसा भड्किएकाे समाचार आइरहेकाे छ । त्यस्तै विलगेट्स्ले समेत अनलाइन पठनपाठनले समाजमा हुने र नहुनेबीचकाे दरार बढाउँछ भन्ने बुझेका छन् भने नेपालमा कम्युनिष्ट पार्टीकाे शक्तिशाली सरकार किन याे समस्या बुझ्दैन ?

संस्थागत विद्यालयकाे कुरा गर्दा समेत अत्यन्त न्यून सङ्ख्याका विद्यालयहरूमा मात्र याे प्रविधि मैत्री शिक्षण विधि अपनाउनका लागि अनुकुल भाैतिक सुविधा हाेला । त्यसैले अहिले नै हामी युराेपले र अमेरिकाले अनि एशियाकै चीन जापानले अपनाएकाे बाटाेका लागि उठिहाल्नु अनुत्पादक हुनसक्छ । ठीक छ आफूसँग भएका श्राेत र साधनकाे प्रयाेग गर्नु राम्रै हाे तर सबैलाई बलपूर्वक याे विधि अपनाऊ भनेर सरकार, संघ सङ्गठनहरूले दवाव गर्न हुँदैन । यतिबेला घरमा अभिभावकहरूले पनि प्रत्येक दिन आफू केही न केही पढ्ने र बच्चाहरूलाई पनि दिनकाे डेढ दुई घण्टा पढ्ने लेख्ने काममा लगाउन सकियाे भने परिस्थिति सामान्य भएपछि बच्चाहरूलाई विद्यालय जाने कुरा बाेझ बन्दैन अन्यथा लामाे समय पढ्ने लेख्ने गतिविधिबाट बिमुख बालबालिकालाई विद्यालय पठाउन पनि असजिलाे हुनसक्छ ।

शैक्षिक सत्रका विषयमा पनि कतिपय विज्ञ भनिएका मान्छेहरूमा समस्या देखिएकाे छ । सामान्य अवस्था रहेकाे भए अहिले विद्यालय सञ्चालन भएकाे एक हप्ता मात्र भएकाे हुनेथियाे । अनि अहिले नै लाै बर्बाद भयाे भन्ने हल्ला गर्दा विद्यार्थीकाे मनाेविज्ञानमा नकारात्मक असर पर्दैन ?

जुन देशमा सामान्य मास्ककाे समेत अभाव छ, चिकित्सकहरू सुरक्षा उपकरणकाे अभावमा  भने जसरी काममा लाग्न नसकिरहेकाे परिस्थितिमा युराेप र अमेरिकाले अवलम्बन गरेकाे अत्याधुनिक किसिमकाे अनलाइन दुर शिक्षण कार्यक्रमलाई अनिवार्य बनाउन खाेज्नु भनेकाे आम नेपाली अभिभावककाे अवस्थामाथि व्यङ्ग्य गर्नु हाे । जहाँसम्म १०,११ र १२ का विद्यार्थीहरूकाे परीक्षाकाे विषय छ त्यसकाे विषयमा फरक ढङ्गले सोच्नु पर्नेछ ।

कक्षा १० र ११ काे हकमा विद्यालयकाे तर्फबाट सञ्चालित आन्तरिक परीक्षाकाे नतिजालाई नै आधार मानी नतिजा प्रकाशन गर्ने । साे प्रयाेजनका लागि ज्येष्ठकाे दाेस्राे हप्ताभित्र प्रत्येक विद्यालयले विषयगत प्राप्ताङ्क विवरण शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्ने र इकाइले  त्यसकाे हप्तादिनभित्र परीक्षा बाेर्डमा पठाइसक्ने । परीक्षा बाेर्डलाई यसरी काम गर्नका लागि आवश्यक नीति नियम परिवर्तनकाे काम सङ्घीय सरकारकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने र तत्काल साे परिवर्तनअनुसार काम गर्न मातहतका कार्यलयहरूलाई निर्देशन जारी गर्ने ।

कक्षा १२ भनेकाे माध्यमिक विद्यालयकाे अन्तिम कक्षा भएकाले यसलाई लकडाउन हटेकाे १५ दिनपछि भाैतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने । यसलाई व्यवस्थित गर्न नजिकका विद्यालयलाई केन्द्र बनाउने, आवश्यकताअनुसार केन्द्र थप्ने र दुई वा दुईभन्दा बढी सिफ्टमा परीक्षा सञ्चालन गर्ने । यसका लागि आवश्यक थप केन्द्र र परीक्षा सञ्चालन खर्च बढ्छ भन्ने लाग्ला तर याे हाेइन । १० र ११ कक्षाकाे बाेर्ड परीक्षा सञ्चालन, कपि परीक्षण, सम्परीक्षण र अनुगमन लगायतका कार्यहरू गर्दा लाग्ने खर्च बचेकाे हुन्छ । यसकाे आधा मात्र बजेट १२ कक्षाकाे परीक्षासँग सम्बन्धित कार्यक्रमका लागि छुट्याइएकाे नियमित बजेटमा थपिदिने हाे भने याे कार्य सजिलै सम्भव छ ।

शैक्षिक सत्रका सम्बन्धमा :

सामान्यतया २२० दिन विद्यालय कार्य दिन मानिएकाे छ । याे अवधिमा तीन वटा त्रैमासिक र एउटा वार्षिक परीक्षा सञ्चालन गर्नेगरिन्छ । मूल्याङ्कनका यी पटकहरूलाई आधा घटाउन सकिन्छ । कक्षामा हुने नियमित क्रियाकलापका आधारमा पनि विद्यार्थीकाे मूल्याङ्कन गर्ने, प्राेत्साहन र पुनर्वलन कार्य गर्न सकिन्छ । याे विषयमा परीक्षा नियन्त्रण कार्यालयले सङ्क्षिप्त कार्यविधि तयार गरी अनिवार्य कार्यान्वयनका लागि निर्देशन गर्न सक्दछ ।

याे काेराेना सङ्कटले हामीले परम्परादेखि चाहेर पनि गर्न नसकेका आवश्यक परिवर्तनहरू गर्नसक्ने परिवेश तयार गरिदिएकाे छ । विदालाई संस्कृति बनाइरहेकाे कुराकाे चर्चा धेरै अघिदेखि हुँदैआएकाे हाे । अब चर्चा हाेइन निर्णय गर्ने हाे । दशैंमा पाँच दिन अन्य सबै चाड पर्वहरूलाई एक दिन विदा भन्ने निर्णय गरियाे भने निष्क्रिय रहेकाे हाम्राे ठूलाे आकारकाे जनशक्ति आआफ्नाे ठाउँमा सक्रिय हुनेछ । जसले गर्दा अनुत्पादक खर्च घटाउन, सामाजिक विकृति ( जुवा, तास खेल्ने, जाँडरक्सी खाएर झैझगडा गर्ने आदि ) कम हुने, फजुल खर्च घट्ने र व्यक्तिकाे सञ्चितिमा सकारात्मक असर पर्ने जस्ता  परिणामहरू देखिन थाल्ने छन् भने स्वाभाविक रुपले काेभिड १९ काे कारणले घटेकाे शिक्षण कार्यदिनकाे क्षतिपूर्ति पनि हुनेछ । याे वर्ष यसरी क्षतिपूर्ति गर्ने र अर्काे वर्षदेखि विद्यार्थीलाई प्रत्येक परीक्षापछि केही दिन विदा दिने र स्कुलकाे संयाेजनमा विद्यार्थीलाई भ्रमण गराउने, विशेष खालका परियाेजना कार्यहरू गर्न लगाउने, शिक्षकहरूका लागि  शिक्षणविधिहरूका विषयमा हाम्राे सापेक्षतामा नयाँनयाँ तालिम र पुनर्ताजगी तालिम अनिवार्य सञ्चालन गर्नेगरी नीति नै बनाउन सकियाे भने त्याे थप हितकर हुनेछ ।

अन्त्यमा :

अहिले प्रविधि भित्र्याएकाे नाममा विद्यालयहरूले अभिभावकमाथि बाेझ थप्ने, शिक्षक कर्मचारीकाे सुविधा कटाैति गर्ने जस्ता कार्य गर्नु राम्राे हाेइन । विद्यालयले आफ्ना विद्यार्थीकाे सिकाइ उपलब्धि बढाउनका निम्ति के के गर्न सकिन्छ सबै विधि अपाउने छन् । त्यसैले कति दिन स्कुल चल्याे वा चलेन भन्ने विषयलाई अतिरञ्जित बनाएर शुल्क तिर्ने वा नतिर्ने कुरा गर्नु पनि याे समयमा उचित देखिँदैन ।

सरकारी सबैजसाे गतिविधि बन्दप्राय छन् ( आकष्मिक सेवा बाहेक ) अदालतमा पैरवी बन्द छ, अस्पताल बन्दप्राय छन्, विद्यालय, कलेज र महाविद्यालय सबै बन्द छन् त के ती सबै सरकारी कर्मचारीहरूकाे तलब काटिन्छ ? सरकारले यसाे गर्नुपर्ने वाध्यता देखेछ र गरेछ भने सबैकाे हालत एउटै हुनेछ !

काेराेनाकाे कुनै खाेप वा अन्य अेाेषधि नबनिरहेकाे अवस्थामा भाैतिक दुरी कायम राखेर व्यवहार गर्ने, साबुनपानीले हात धुने, भिडभाड नगर्ने र भिडमा नजाने सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयले जारी गरेका काेराेनाबाट बच्न अपनाउन पर्ने विधिहरूकाे अनुशरण गरेर बस्नु नै हितकर छ ।

बन्दाबन्दी हटे पनि तत्काल विद्यार्थीहरूलाई पूर्ववत् शिक्षण सिकाइ क्रियाकलापमा सरिक गराइहाल्न मिल्दैन । त्यसलाई सहज बनाउनका लागि तालिका बनाएर नै आइतबार चारवटा, साेमबार चारवटा, मङ्गलबार चार गर्दै जाेर बिजाेर कक्षाहरू चलाउने याेजना पनि गर्नुपर्ने हुनसक्छ । त्यसैले पढाइ पढाइ पढाइ भनेर नानीबाबुहरूलाई पीडा दिने काम बन्द गराैं । याे शैक्षिक सत्र नै हराउन पनि सक्छ । त्यस्ताे परिस्थिति आएछ भने पनि सामना गर्न तयार मनसिकता निर्माण गर्ने जिम्मेवारी  पनि हामीहरूकै काँधमा छ ।

काेभिड १९ बाट बचाैं र बचाअेाें !

1 COMMENT

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here