काठमाडौं, बैशाख १५-
लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
यसैबीच सोमबार गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुन: निर्देशन दिएको छ ।
पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिक रूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो।