ईपीएस अन्तर्गतका कामदारलाई कोरिया जान दिने सरकारको निर्णय

0
143

काठमाडौं, वैशाख १४–

सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि जान नपाएका कामदारलाई लकडाउनकै बीचमा कोरिया पठाइने भएको छ ।

धेरै कामदार भिसा आएर पनि  जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here