काठमाडौं,१४ वैशाख –
सरकारले वैशाख २५ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
सरकारले यस अघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो ।
प्रकाशित मिति: