नेपालामा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, वीरगन्जमा थप २ जनामा संक्रमण पुष्टि

0
122

विरगन्ज,बैशाख १४-

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ। विरगन्ज छपकैयाका ५० वर्षीय दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भए सँगै स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमितको संख्या ५१ पुगेको बताएका छन ।

उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये १२ जना निको भइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here