जेठ २ सम्मका लागी हवाई उडान स्थगित, लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने

0
129

काठमाडौं,बैशाख १३-

सरकारले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।  आज(शनिबार) बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवं वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यस्तै कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए । बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ । सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए । बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर पनि गरेको उनले बताए ।

यसै गरी बैठकले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here