नेपालमा थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

0
131

काठमाडौं,वैशाख १२–

नेपालमा थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

नेपालमा सबैभन्दा धेरै उदयपुरमा २८ जना संक्रमित छन्। उनीहरु सबैको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ। यसअघि पहाडी जिल्ला भोजपुरका एकजना युवकमा कोरोना पुष्टि भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here