प्रधानमन्त्री ओली,देउवा र प्रचण्ड बिच बालुवाटारमा भेटवार्ता

0
141

काठमाडौँ, वैशाख १२ –

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच  आज बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार देशको समसामयिक विषयमा छलफल गर्न देउवा र दाहाल बालुवाटार पुगेका हुन्।

अहिलेको अवस्थामा देशलाई कसरी एक ढिक्का बनाएर अगाडि लैजान सकिन्छ भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका जानकारी दिए ।

सोमबार राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरे सँगै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता र आफ्नै पार्टीका अर्का अध्यक्षसँग छलफल गरेका हुन्।

दिउँसो ३ देखि ४ बजेसम्म प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच एक्लाएक्लै वार्ता भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here