कविता : यस्तो हुनुपर्छ ।

0
145

ढकनाथ बस्ताकोटी(शिक्षक)गोर्खा,मसेल

अमेरिका र जर्मनको महल होइन मलाई

यही झुप्रोमा ताराहरू नदेखिए पुग्छ ।

विदेशीको रमझममा रम्नु छैन मलाई

मेरे देशमा कर्फ्यु,जाम नलाइदिए पुग्छ ।।

 

अरु देशको गणतन्त्र चाहिंदैन मलाई

नेपालीको नेपालीपन नमेटाइदिए पुग्छ ।

जापान र लण्डनका पुल सम्झिन्न भो मैले

कर्णाली र कोशीपुल नभत्किए पुग्छ ।।

 

विनलादेन र बमको कुरा बुझ्नु छैन मलाई

मेरे देशको बुद ,हजुर नहराइदिए पुग्छ ।

विदेशी त्यो मुलुकको चासो छैन मलाई

मेरै देशका राजनितिक दल नफुटाइदिए पुग्छ ।।

 

चीनको ग्रेटवालको बारे सुन्नु छैन मलाई

मेरो प्यारो सगरमाथा नढल्दिए पुग्छ ।

अंग्रेजी र हिन्दी गीतलाई पछ्याउनु छैन मलाई

मलाई मेरे रोदि घरले नछोडीदिए पुग्छ ।।

 

उल्टो पाल्टो मनहरुलाई चिन्नु छैन मैले

राष्ट्र स्वार्थ नेपालीमा नटुटाइदिए पुग्छ ।

भारतको गया,काशी धाउनु छैन मलाई

गोसाइकुण्ड,मुक्तिनाथ नबिर्सिदिए पुग्छ ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here