नेपालमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ४७ पुग्यो

0
124

 

काठमाडौँ,बैशाख ११ —

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देेेेेेेखिएको बताए।

त्यसै गरि पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका  २ जना निको भई घर फर्केका बताएका छन।

नेपालमा आज बिहीबारसम्म आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। दुवै विधिबाट कुल ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here