समाजवादी पार्टी र राजपाबीच एकता जुट्यो , जनता समाजवादी पार्टीको उदय

0
171

काठमाडौँ,वैशाख १० –

समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ ।एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताए।

करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्।

पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ।

प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले एकता प्रक्रियालाई तीव्रता दिएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here