फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा, पूर्वसचिव भीम उपाध्याय पक्राउ

0
130

 

काठमाडौं,बैशाख १०-

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।

अहिले उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here