नेपालामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, उदयपुरमा फेरी ३ जना थपिए

0
118

काठमाडौँ,वैशाख १० —

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ देखिएको हो ।

बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए। उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए।

हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो।

यो सँगै उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ। मंगलबार मात्र सोही बस्तीका ११ जनामा कोरोना देखिएको थियो।

केहि समय अघि उदयपुरको भुल्केकै एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ। वस्तीमा सुरक्षाकर्मी खटिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here