काठमाडौं,वैशाख १०-
र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंका दुई जना नर्समा पिसिआर रिपोर्ट भने कोरोना नेगेटिभ देखिएको छ।
दुवै नर्सको पिसिआर परीक्षणमा कोरोना नदेखिएको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।
उनले आइसोलेसनमा भर्ना भएका नर्सलाई आजै डिस्चार्ज गरिने जनाए।
सोमबार त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको थियो।
परीक्षण पुष्टी भए लगत्तै उनीहरूलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: