उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ३२ पुग्यो

0
132
sharethis sharing buttonकाठमाडौं,बैशाख ९–

नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा १ जना कोरोना संक्रमित थपिएको बताए । नयाँ संक्रमित उदयपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ ।

जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् । यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए । प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ ।

ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा देवकोटाले बताए । उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित जनामध्ये ४ जना निको भएर घर फर्किएको र २८ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता देवकोटाका अनुसार र्‍यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका ७७ वटै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना संक्रमण भएको संकेत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुन: परीक्षण गरिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here