उदयपुरमा देखियो थप आठजनामा कोरोना पोजेटिभ

0
93

उदयपुर, बैशाख ९-

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

‘रि-कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ ।

‘विराटनगरको ल्याबमा आठजनामा कोरोना पोजेटिभ देखाएको छ’, कोशी अञ्‍चल अस्पताल स्रोतले भन्यो, ‘धरानमा तीन आठजनाको नमुना पुन परीक्षण भइरहेको छ।’

गत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका-३ भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो ।

त्रियुगाका मेयर वलदेव चौधरीले पनि १२ जना पोजेटिभ देखिएपछि ६ वैशाखमै भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको र्‍यापिड टेस्ट गराएको बताएका छन् । जसमा शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्याबले पोजेटिभ देखाएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here