क्वारेन्टाईन बाटै भागे तीन जना

0
188

भारतबाट आएका १ जना र उनी सगै घुलमिलमा रहेका उनका २ जना साथि सहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखियको वडा न १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए ।

उनीहरु मंगलबार बिहान क्वारेण्टाईनबाट भागेको पन्तले बताए ।
भारतबाट आएका युवकले लागू पदार्थ ( गाँजा) सेवन गर्ने गरेको र उनी संगैका २ जना साथीले पनि लागु पदार्थ खाने गरेकाले ३ जनालाई नै उनिहरुकै र घर परिवारको सल्लाहामा क्वारेन्टाइन राखिएको पन्तले बताए ।

क्वारेण्टाईन स्थलमा नगरपालिकाको नगर प्रहरीले निगरानी गरेको थियो । नगर प्रहरीलाई चक्मा दिदै तिनै जना क्वारेन्टाइनबाट मंगलबार विहान भागेको वडा अध्यक्ष पन्तले बताए ।  फरार रहेका व्यक्तिको अहिले नगर प्रहरी , वडा प्रतिनिधि र प्रहरीले खोजि गरेको कावासोति नगरपालिका उप प्रमुख तथा नगरस्तरीय कोरना रोकथाम विपत व्यावस्थापन समीती संयोजक प्रेम शंकर मर्दनीयाले बताए ।

कावासोती नगरपालीकामा हाल सम्म २० जनालाई क्वारेन्टाइनमा राखिएको र ९ जना क्वारेण्टाइृन अबधी पुरा गरि घर गएको नगरपालिकाले जनाएको छ । हाल ११ जना क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले बताए । तिनै ११ जना मध्ये ३ जना आज क्वारेन्टाइनबाट भागेका हुन । अहीले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मान्छे रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here